सरकारले संसद अधिवेशन अन्त्य गरेपछि अ‍ोलीले बोलाएर पार्टीको स्थायी कमिटिको बैठक — OSNepal

सरकारले संसद अधिवेशन अन्त्य गरेपछि अ‍ोलीले बोलाएर पार्टीको स्थायी कमिटिको बैठक

LC (KTM) August 17, 2021 0

काठमाडौं १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज स्थायी कमिटिको बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित लुतसीलाल स्मृति भवनमा बस्ने लागेको हो ।

सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन लागेको भन्दै ओलीले पार्टीको धारणा तय गर्न बैठक बोलाएका हुन् ।

राजनीतिक दलसम्वन्धी ऐनमा पार्टी फुटाउन कम्तिमा ४० प्रतिशत केन्द्रीय सदस्य ४० प्रतिशत नै सांसद हुनुपर्ने उल्लेख गरिएको छ ।

वरिष्ठ नेता माधव नेपाल पक्षले नयाँ पार्टी खोल्न लागेको आशंका बढेपछि हिजो साँझ मात्र अध्यक्ष ओलीले पार्टी एकताको लागि अपिल समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर