चक्रावतमा फसेकाहरुको ज्यान बचाउन अभिनेता सोनू सूदको अपिल — OSNepal

चक्रावतमा फसेकाहरुको ज्यान बचाउन अभिनेता सोनू सूदको अपिल

LC (KTM) May 18, 2021 0

बलिउड अभिनेता सोनू सूद कोरोनाको संकटकाबीच पछिल्लो पटक धेरैको सहयोगीको रुपमा देखापर्दै आएका छन् । उनले कोरोना संकटमा मात्र हैन अन्य अभर र अफ्ठ्यारामा परेकाहरु लाई सहयोग गर्दै आएका छन् ।

अरब सागरमा बाट आउने चक्रावत तथा तुफानले भारतका धेरै राज्यमा प्रभाव पार्ने मौषमबिदहरुले बताईरहदा सोनूले प्रभावित ईलाकाको ब्यक्तिहरुको सुरक्षालाई लिएर चिन्ता ब्यक्त गरेका छन् ।

भारतका बिभिन्न राज्यमा चक्रावतको खतरा मडारिरहेका बेला उनले मध्य अरब सागरमा फसेका भारतीयहरुलाई लिएर कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पा संग अपिल समेत गरेका छन् ।

उनले उनीहरुको ज्यान बचाउन आग्रह गरेका छन् । उनले आफ्नो ट्वीटरमा चक्रावतमा फसिरहेका केही ब्यक्तिहरुको फोटो समेत शेयर गर्दै उनीहरुको ज्यान बचाउन आग्रह गरेका हुन् ।

अहिले चक्रावतलाई लिएर मौषम बिभागले चेतावनी दिईसकेको छ । कर्नाटकको उत्तर कन्नड जिल्लामा चक्रावतले यतिबेला बिध्वंस मच्चाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर