कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने गरी पार्टी विभाजन गर्ने षड्यान्त्र भइरहेको भन्दै ओलीले गरे पार्टी एकताको लागी अपिल — OSNepal

कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने गरी पार्टी विभाजन गर्ने षड्यान्त्र भइरहेको भन्दै ओलीले गरे पार्टी एकताको लागी अपिल

LC (KTM) August 17, 2021 0

काठमाडौँ १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि आह्रान गरेका छन् ।

हिजो सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलीले पार्टी एकताको लागि आह्रान गरेका हुन् ।

कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने गरी पार्टी विभाजन गर्ने षड्यान्त्र भइरहेको
भन्दै ओलीले विज्ञप्ती मार्फत पार्टीका सबै नेता तथा कार्यकर्तालाई पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका हुन् ।

सरकारले हिजो चालु संसद अधिवेशन अन्त्य गर्दै दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेको भनेपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपाल समुहलाई पार्टी एकतामा समाहित हुन आग्रह गरेका हुन् ।

विज्ञप्ती मार्फत ओलीले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन समेत नेता, कार्यकर्ता, प्रतिनिधिसभा सदस्य र राष्टिय सभा सदस्यहरुलाई अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर