नेपाली कलाकार रोविन तामाङ अभिनीत बलिउड वेब सिरिज ‘दि लास्ट आवर’ रिलिज — OSNepal

नेपाली कलाकार रोविन तामाङ अभिनीत बलिउड वेब सिरिज ‘दि लास्ट आवर’ रिलिज

LC (KTM) May 18, 2021 0

काठमाडौं-कलाकार रोविन तामाङ अभिनीत बलिउड वेब सिरिज ‘दि लास्ट आवर’ रिलिज भएको छ। शुक्रवार रिलिज भएको सिरिजलाई दर्शकले मन पराएका छन् । शुक्रवार अमेजन प्राइमको ‘पे पर भ्यू’ मार्फत सिरिज सार्वजनिक भएको हो । सिरिजमा रोबिन यामानाडु नामक तान्त्रिक भिलेनको भूमिकामा देखिएका छन् ।

अमित कुमारको निर्देशन रहेको सिरिजमा भारतीय कलाकार सँगै नेपाली कलाकारहरूको अभिनय रहेको छ । सिरिजको छायांकन सिक्किम र मुम्बईमा गरिएको हो ।

सिरिजमा संजय कपुर, कर्मा ताकपा, साहना गोस्वामी, राइमा सेनको मुख्य भूमिका छ । अलौकिक क्राइम थ्रिलर कथा रहेको सिरिजमा मूल कथा नै मुम्बईमा लगातार भइरहेको ह त्या र तान्त्रिकको सहयोगमा कसरी पुलिस अफिसरले ह त्याको केश सुल्झाउँछन् भनेर प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर