अफगानिस्तानबाट एक सय ६४ नेपाली स्वदेश फर्किए, थप नेपाली कामदारको उद्धार सुरु — OSNepal

अफगानिस्तानबाट एक सय ६४ नेपाली स्वदेश फर्किए, थप नेपाली कामदारको उद्धार सुरु

LC (KTM) August 17, 2021 0

काठमाडौं- अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली स्वदेश फर्किएका छन् । तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगैं १० दिनमा एक सय ६४ नेपाली कामदार स्वदेश फर्किएका हुन् । अ १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगैं दुई अफगानी नागरिक पनि नेपाल आएको बताइएको छ ।

आइतबार राजधानी काबुल पनि तालिवानले पूर्णरुपमा नियन्त्रणमा लिएसँगैं थप नेपाली कामदारको उद्धार सुरु भएको छ ।काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले सोमबार कतारको राजधानी दोहा पुर्याएको छ ।

आइतबार ५० जना दोहा पुर्याएकोमा सोमबार अपरान्ह तीन सय ३५ जनालाई उद्धार गरिएको छ । त्यस्तै अफगानस्तिानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ ।सोमबार इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी विदेश मन्त्रालयसँग समन्वय गर्दै अफगान पाक स्थलमार्गबाट नेपालीहरु स्वदेश फर्कन पाउने व्यवस्था मिलाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर