काठमाडौं । अफगानिस्तानबाट बाहिरिन चाहने अफगान तथा विदेशी नागरिकको भीडमा करिब १४र१५ सय नेपाली उद्धारको आसमा आइतबार रातिदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् ।
तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि स्वदेश फर्किनका लागि ती नेपालीहरु विमानस्थलमा पर्खेर बसेका हुन् । यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।
काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रूपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ का दुर्गाबहादुर नेपालीका अनुसार उनीसहित करिब १४र१५ सय नेपाली आइतबार रातिदेखि नै विमानस्थलमा एकै ठाउँमा जम्मा भएर बसेका छन् । सरकारले संकटग्रस्ट अफगानिस्तानबाट नेपालीको उद्धारका लागि पहल शुरू गरेको अवस्थामा यतिखेर काबुलको विमानस्थलमा पहुँच बढाउन सकेमात्र पनि सरकारले धेरै नेपालीको उद्धार गर्न सक्ने सम्भावना छ ।