साउथ इण्डियन चर्चित अभिनेता नीतीशको दुखद निधन,रजनीकान्तले लेखे यस्तो स्टाटस — OSNepal

साउथ इण्डियन चर्चित अभिनेता नीतीशको दुखद निधन,रजनीकान्तले लेखे यस्तो स्टाटस

LC (KTM) May 18, 2021 0

भारतमा एक पछि अर्काे दुःखद खबरहरु आउने क्रम जारी रहेको छ । बिशेष गरेर मनोरञ्जन जगतका कैयौ हस्तिहरुले कोरोनाका कारण प्रत्येक दिन ज्यान गुमाईरहनु परेको छ ।

यस्तै साउथ इण्डियाका लागि नराम्रो खबर आएको छ । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता नीतीश भेराको कोरोनाकै कारण निधन भएको छ ।

स्टाईलिस हिरोको उपाधी पाएका रजनीकान्त संगै अभिनय गरेका भेराले दर्जनौ फिल्ममा आफ्नो कौशलता प्रस्तुत गरिसकेका छन् । नीतीश कोरोना बाट संक्रमित भए पछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको चेन्नई स्थित ओमानदुर अस्पतालमा आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनले अभिनेता रजनीकान्त संग फिल्म कालामा अभिनय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर