काठमाडौं-तालिवानले अफगानिस्तान पूर्ण रूपमा क ब्जा गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेर भागेका छन् । उनले देश छाडेर भाग्दा आफ्नो साथ चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगे रुसको आरआईए न्युज एजेन्सीले बताएको छ ।काबुलस्थित रुसको राजदूतावासले अशरफ गनीबारे यस्तो सनसनीपूर्ण दाबी गरेको हो ।
यसो त यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो । यो रकम ५० लाख डलर रहेको उनीहरूको दाबी छ यद्यपी पुष्टि भने भइसकेको छैन् । रसियन राजदूतावासका प्रवक्ता निकिता इस्चेंकोले भनेका छन्, ‘चारवटा कार पैसाले भरिएका थिए।
उनीहरू हेलिकोप्टरमा पनि पैसा राख्दै थिए, तर सबै पैसा त्यसमा अटाएन र नअटाएको पैसा विमानस्थलको सडकमा छाडेर गए।’अशरफ गनी र उपराष्ट्रपति सालेहले आइतबार काबुल छाडेर भागेका थिए । उनीहरूसँग आफ्ना निकटस्थहरू पनि थिए । अहिलेसम्म उनीहरू भागेर कहाँ पुगे भन्ने स्पष्ट जानकारी आएको छैन ।