बालबालिकाहरुलाई आपतकालिन सहयोग — OSNepal

बालबालिकाहरुलाई आपतकालिन सहयोग

LC (KTM) August 17, 2021 0

मेलम्ची नगरपालिका वडा नं ८ का लक्षित बालबालिकाहरुलाई आपतकालिन सहयोग गरिएको छ । विश्व शिक्षा ,तेरि देश होम र महिला आत्मनिर्भरता केन्द्र बिचको साझेदारीता र वडा नं ८को संयोजनमा वडा भित्रका १७ बालबालिकालाई घरघरमा पुगि सहयोग वितरण गरिएको वडा अध्यक्ष ठंकराज गिरीले जानकारी दिनुभयो । कोरोनाको कारण कतिपयका अबिभावकले रोजगारी गुमाएका र समस्यामा परेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्य सहयोग गरिएको महिला आत्मनिर्भरता केन्द्रका अनुगमन तथा मुल्याकंन अधिकृत ध्रुब सापकोटाले जानकारी दिनुभयो ।

घरायसी तथा गलैँचा बन्ने कामले विद्यालय छोडन लागेका बालबालीकाकालागि शैक्षिक र परिवारकालागि खाद्यान्य घटना व्यबस्थापन प्रक्रिया अनुसार सहयोग बितरण गरिएको सापकोटाले बताउनुभयो । सस्थाँले गत जेठमा टोल टोलमा पुगि सर्भे गरेर पहिचान गरिएका बालबालिकालाई सहयोग गरिएको संस्थाका सामाजिक परिचालक सृष्टी नेपालीले जानकारी दिनुभयो ।

संस्थाले सोमबारनै पाँचपोखरी थाङपालिका १ बाँसखर्कका ६ जना र वडा नं २ बरुवामा ४ जनालाई पनि उत्त सहयोग गरिएको नेपालीले जानकारी दिनुभयो ।अहिले सर्भेकै अवस्थामा रहेको र अन्य त्यस्ता बालबालिका भेटिएमा सहयोग गरि विद्यालय छोडने दरमा कमि ल्याउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर