धादिङको बैरेनीमा बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा २७ वर्षीया रेनुकाको मृत्यु — OSNepal

धादिङको बैरेनीमा बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा २७ वर्षीया रेनुकाको मृत्यु

LC (KTM) August 16, 2021 0

​पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा गएराति ९सोमबार० बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

काठमाडौँतर्फ जाँदै गरेको बा३ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

कुलुङको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । नौ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र तीन जनाको धादिङको गल्छीस्थित बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर