कम्बोडिया पठाईदिन्छु भनि ३९ लाख रकम ठगी गरी फरार भएका मोक्तान तारकेश्वर नगरपालिकाबाट पक्राउ — OSNepal

कम्बोडिया पठाईदिन्छु भनि ३९ लाख रकम ठगी गरी फरार भएका मोक्तान तारकेश्वर नगरपालिकाबाट पक्राउ

LC (KTM) August 16, 2021 0

काठमाडौं ३२ साउन । कम्बोडिया पठाईदिन्छु भनि रकम ठगी गर्ने उक जनालार्य प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला महाभारत गा.पा. वडा नं. १ गोकुले घर भई हाल का.जि. तारकेश्वर न.पा. फुटुङ बस्ने वर्ष २८ को मिनध्वज भन्ने विचारमान मोक्तान रहेका छन् ।

निजले काभ्रेपलाञ्चोक पाँचखाल न.पा. वडा नं. ८ चिसापानी बस्ने वर्ष ३६ को प्रेम बहादुर तामाङ समेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती रु ६,५०,००० ।-(अक्षरुपी छ लाख पचास हजार० लाग्छ कम्बोडिया पुगे पछी क्यासिनोमा द्यइक्क् न्ग्ब्च्म् मा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी ६ जना बाट रु. ३९,००,०००।-)अक्षरुपी उनान्चालिस लाख) रकम लिई सम्पर्क विहीन भएका थिए ।
वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार गरेपछि महाशाखाबाट खटिएको बिशेष टोलीले आज नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धानको लागि पक्राउ परेका मोक्तानलाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर