आज भक्तपुरमा थपिए ११७ संक्रमित, ललितपुर र काठमाडौंमा कति थपिए ? — OSNepal

आज भक्तपुरमा थपिए ११७ संक्रमित, ललितपुर र काठमाडौंमा कति थपिए ?

LC (KTM) August 16, 2021 0

काठमाडौं । गत २४ घण्टामा नेपालमा ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६११ जनाको परीक्षण गर्दा ३ हजार ४५१ जनामा कोरोना देखिएको हो ।

जसमा काठमाडौँ उपत्यकामा मात्रै ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ६७७ जना, भक्तपुरमा ११७ जना र ललितपुरमा १६७ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अबधीमा २ हजार ४५८ जना निको भएर घर फर्केका छन् । गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ । अब देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर