३१ वर्षिय कल्पना दाहालले काठमाडौँमा लुकिछिपी गर्ने गरेको काम देखेर प्रहरी नै चकित पर्यो — OSNepal

३१ वर्षिय कल्पना दाहालले काठमाडौँमा लुकिछिपी गर्ने गरेको काम देखेर प्रहरी नै चकित पर्यो

LC (KTM) August 16, 2021 0

काठमाडौं, ३२ साउन – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स)सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका–६ घर भई हाल मूलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल छन् ।

यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्‍वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

तुलाधरले आफ्नै नाममा रहेको ०१–००–९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमतिपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङ्गमा दिएका थिए । तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मूलपानीबाट नियन्त्रणमा लिएको हो ।

दाहालको साथबाट गिताकुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमति पत्र नं ०१–०६–००६८३४३८ भएको नक्कली नगदी रसिदसमेत बरामद गरेको छ । ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीका लागी प्रहरी बृत्त सिंहदरवारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर