आज थप २ हजार ४५८ जना कोरोना संक्रमण मुक्त हुँदा ३५ जना संक्रमितले गुमाए अकालमै ज्यान — OSNepal

आज थप २ हजार ४५८ जना कोरोना संक्रमण मुक्त हुँदा ३५ जना संक्रमितले गुमाए अकालमै ज्यान

LC (KTM) August 16, 2021 0

काठमाडौँ ३२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हाल सम्म नेपालका कोरोना संक्रमतिको संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमितको ज्यान गएको छ भने २ हजार ४५८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर