कम्बोडिया पठाइदिन्छु भन्दै ६ जनासँग करिब आधा करोड ठगी गर्ने गिरोहका नाइके समातिए — OSNepal

कम्बोडिया पठाइदिन्छु भन्दै ६ जनासँग करिब आधा करोड ठगी गर्ने गिरोहका नाइके समातिए

LC (KTM) August 16, 2021 0

काठमाडौं । कम्बोडिया पठाइदिन्छु भनी ६ जनासँग ३९ लाख रुपैयाँ ठगी गर्ने मिनध्वज भन्ने विचारमान मोक्तान पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ गोकुले घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २८ वर्षका मोक्तानले पाँचखाल–८ चिसापानी बस्ने वर्ष ३६ का प्रेमबहादुर तामाङसमेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्छ, कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी ३९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

मोक्तानलाई प्रहरीले सोमबार नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर