काठमाडौं ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको बताएका छन् ।
सरकारले सजगता र गम्भीरतापुर्वक यो जिम्मेवारी निभाउने समेत प्रधानमन्त्री देउवाले जानएका छन् ।
सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको समेत सभापति समेत रहेका बताएका छन् ।आज बसेको मन्त्रिपरिषद्को बैठकले पनि तत्काल नेपालीहरुको उद्दार गरिने बताएको छ ।
‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु, देउवाले भनेका छन्, सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो ,सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ’