काठमाडौं ३२ साउन । सरकारले चालु संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्यका गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । दास्रो पटक पुर्नस्थापति संसदको पहिलो पटक साउन ३ गते बसेको थियो ।
साउन ३ बाट नियमित बसेको संसद बैठकमा विधेयक भने अगाडी बढ्न सकेको छैन । तथापी, सरकारले अधिवेशन भने अन्त्य गर्न लागेको छ ।