झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता — OSNepal

झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता

Kesh Karki (USA) August 16, 2021 0

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ५ को माल्कोट जोड्ने रहगाडको झोलङ्गे पुल बाढीले बगाएपछि काठे पुल तर्न स्थानीयवासी बाध्य छन् । गतवर्ष आएको बाढीले उक्त स्थानको झोलुुङ्गे पुल बगाएको थियो । पुल पुनः निर्माणमा कसैले ध्यान नदिँदा खोला तर्न काठे पुल हालिएकामा त्यो पनि जीर्ण भएको भएको वडा नं ८ का महेश विष्टले बताउनुभयो ।
“नयाँ पुल बनाउनका लागि गाउँपालिकासँग माग गरेका छौँ ।” सोही स्थान निवासी रुप विष्टले भन्नुभयो,“गाउँपालिकाको आधा जनसङ्ख्या वारपार गर्ने पुल नहुँदा जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ ।” गाउँपालिकालगायत सरोकारवाला निकायसँग पुल निर्माणका लागि लामो समयदेखि माग गरिएकामा कसैले पनि चासो नदिएको वडा नं ६ का रण विकले जानकारी दिनुभयो ।

“झोलुङ्गे पुल निर्माणका लागि हामीले पहल गरेकामा एउटा संस्थामार्फत गरिने भएको छ ।” गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले भन्नुभयो, “प्राविधिक कारणले निर्माणमा केही ढिला भएकामा चाँडै बनाउन ताकेता गरेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर