काठमाडौँ ३२ साउन । नेकपा एमालेका नेता पुर्व मन्त्री गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटनाबाट नेपालले पनि पाठ सिक्नु पर्ने बताएका छन् ।
आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बाँस्कोटाले ‘अफगानिस्तानको घटनाप्रति नेपालको धारणा र दृष्टिकोण के हो ? भन्दै प्रश्न गरेका हुन् ।
अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश तत्काल फिर्ता ल्याउनपर्ने भन्दै नागरिकको सुरक्षा गर्न सरकार गैरजिम्मेवार भएको बताएका छन् । उनले प्रतिवद्धताले मात्र नपुग्दै
भन्दै काम गर्न आग्रह गरेका छन् ।
‘अफगानिस्तानको घटना के हो यसबाट नेपालले के सिक्ने भनेर सरकारले बोल्नुपर्नेमा सरकार मौन रहेको छ’ बाँस्कोटाले भने । सार्कको अध्यक्ष नेपालले यो दुखद खडीमा मौन हुनुमा उनले आपत्ती समेत जनाएका छन् ।