काठमाडौं ३२ साउन । सभामुख अग्नि प्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको यथासक्य उद्दार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न र यसको जानकारी आगामी बैठकमा गराउन निर्देशन दिएका हुन् ।
तालिबानहरुले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँबाट बाहिरिनेको संख्या बढेको छ ।