काठमाडौं ३२ साउन । बेलायतमा जारी भूतपूर्व ब्रिटिस गोर्खाहरुको आमरण अनसन फिर्ता लिन सरकारले आग्रह गरेको छ ।
सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निणर्य गरेको हो । भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई सम्बोधन गर्दै बैठकमा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने सरकारले प्रतिवद्धता जनाएको छ ।
जारी आमरण अनसन तथा विरोध कार्यक्रम फिर्ता लिन आफुहरुले भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरिसकेको पनि कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।