कारले पछाडिबाट स्कुटरलाई ठक्कर दिँदा ३२ वर्षीया सरस्वतीको मृत्यु, एक घाइते — OSNepal

कारले पछाडिबाट स्कुटरलाई ठक्कर दिँदा ३२ वर्षीया सरस्वतीको मृत्यु, एक घाइते

LC (KTM) August 16, 2021 0

झापा, ३२ साउन । झापाको बाह्रदशीमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाह्रदशी–७ सिमल चौकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र–१––०१–०१२ प १९४२ नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको प्र–१–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको हो ।

दुर्घटनामा परी स्कुटरको पछाडि सवार धनुषा घर भई कनकाई–८ मा डेरा बस्ने ३२ वर्षीया सरस्वती मगरको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा स्कुटर चालक बाह्रदशी–७ की २८ वर्षीया प्रमिला कार्की गम्भीर घाइते भएको डिएसपी थापाले जानकारी दिए । उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर