विद्रोहमार्फत तालिबान २० वर्षपछि पुनः सत्तामा, राष्ट्रपति घानीले छाडे देश — OSNepal

विद्रोहमार्फत तालिबान २० वर्षपछि पुनः सत्तामा, राष्ट्रपति घानीले छाडे देश

LC (KTM) August 16, 2021 0

काठमाडौँ ३२ साउन । अफगानिस्तानको राजधानी काबुलमा विद्रोही तालिबान समूहको प्रवेशसँगै तालिबानले आफ्नो विजय भएको दाबी गरेको छ ।

राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै तालिबान लडाकुहरुले अब अफगानिस्तानमा युद्ध सकिएको भन्दै आफ्नो देश र जनताको स्वतन्त्रता आफुहरुले प्राप्त गरेको तालिबानका एक प्रवक्ताले अलजजिरासँग भनेका छन् ।

तालिबानको राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै अब अमेरिकासमर्थित सरकारको अन्त्य भएको बताउँदै विद्रोहमार्फत तालिबान २० वर्षपछि पुनः सत्तामा पुगेको हो । राष्ट्रपति असरफ घानीले भने देशमा रक्तपात रोक्न आफु बाहिरिएको बताएका छन् ।

अहिले घानी कहाँ छन् भन्ने आधिकारिक जानकारी आएको छैन । उनले तालिबान काबुल प्रवेश गरेसँगै देश छाडेका हुन् । उपराष्ट्रपतिले भने काबुल मात्र छाडेको जनाइएको छ । आजै तालिबानहरुले ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर