अछामको कालो धानको सर्वत्र चर्चा, भारतदेखि अमेरिकासम्म माग — OSNepal

अछामको कालो धानको सर्वत्र चर्चा, भारतदेखि अमेरिकासम्म माग

LC (KTM) August 16, 2021 0

अछाम । रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउद भाष्करले व्यवसायिक रुपमा कालो धान ‘जी–६० ब्ल्याक राइस’ खेतीको सुरुवात गरेका छन् । सुरुमा कालो धानलाई देखेर रहरले सुरुवात गरेका अध्यक्ष साउदले पछि कालो धानको विशेषता बुझेर व्यवसायिक रुपमा अघि बढाएका हुन् ।

पाँच वर्षअघि परीक्षणका लागि लगाइएको कालो धानबाट प्रशस्त आम्दानी हुँदा उक्त खेतीप्रति आकर्षण बढेको साउदको भनाई छ । पाँच वर्षअघि उनले परीक्षणका रुपमा एक रोपनीमा कालो धान लगाएका थिए । दुई वर्षसम्म परीक्षणको लागि मात्रै कालो धान रोपे । कालो धानको चामलको माग बढ्न थालेपछि तीन वर्षअघि व्यवसायिक रुपमा कालो धान लगाउनु सुरु गरे ।

यसलाई व्यावसायिक रूपमै अगाडि बढाउनका लागि तेस्रो बर्ष २० रोपनीमा कालो धान लगाएको साउदले जानकारी दिए । तेस्रो वर्षमा कालो धानको उत्पादन २० क्विन्टल भन्दा बढी भएको थियो । ‘गत वर्ष रामारोशनमा आएको बाढीका कारण करिब १० रोपनी जग्गा बगायो,’ उनले भने, ‘अहिले १० रोपनीमा कालो धानको लगाएको छु ।’ बहुगुणकारी यो धान आर्थिक दृष्टिकोणले पनि अत्यन्त लाभदायक छ । बेर्ना सारेको ९० दिनभित्र यो धान पाकिसक्छ । स्थानीय तवरले खेती गर्दा अन्य धान सरह नै फल्छ । स्थानीय स्तरमा कालो धानलाई प्रतिकिलो ८ सय देखि १ हजारसम्म पर्ने गरेको छ । कालो धानलाई व्यवसायिक रुपमै अघि बढाएपछि ४ लाख भन्दा बढी आम्दानी भएको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए ।

खेतीयोग्य जमिनमा जहाँ पनि फल्ने कालो धानलाई असिना पानीले समेत कुनै असर नगर्ने र पाकिसके पछि थ्रेसर मेसिनबाट मात्रै झार्न सकिने अध्यक्ष साउदको भनाई छ । कालो धानको चामलको माग शहरी क्षेत्रका होटलमा बढ्दो छ । ‘कालो धानको माग स्वदेशमा मात्रै नभई विदेशमा समेत माग बढ्दै गएको छ,’ उनले भने, ‘मैले फलाएको कालो धान अमेरिकादेखि भारतमा समेत निर्यात भएको छ ।’

बजारको मागबमोजिम कालो धान अझै उत्पादन गर्न सकेको छैन । सबैभन्दा बढी भारतका विभिन्न होटलहरुमा कालो धानको माग बढ्दो छ । स्वेदशमा भने होटलदेखि नेपाली सेना, प्रहरी प्रशासनबाट कालो धानको माग हुने गरेको छ । रामारोशन क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुले पनि कालो धान किन्ने गरेका छन् । कालो धानलाई पर्यटन क्षेत्रसँग जोड्ने योजना साउदको छ ।

नेपालको जमिनमा यो धानले प्रवेश गरेको १२र१५ बर्ष मात्र भएको छ । कालो धान नेपालको जमिनमा प्रवेश नभएका कारण यसको बारेमा जानकारी लिन आन्तरिक तथा वाह्रय पर्यटक रामारोशन आउने गरेका छन् ।

गाउँपालिकामा अन्य कृषकहरुले पनि व्यवासायिक रुपमा कालो कालो धानको सुरुवात गरेमा यसको बारेमा जानकारी लिन पर्यटक आउने साउदको विश्वास छ । ‘पर्यटकहरुलाई आकर्षित गर्नको लागि कालो धान एक माध्यम बनेको छ । गाउँपालिका अन्य केही कृषकहरुले पनि आफूलाई खानको लागि कालो धानको सुरुवात गरेको छ,’ उनले भने, ‘अब अन्य कृषकलाई पनि कालो धानको बीउ वितरण गरी गाउँपालिकामा व्यवसायिक रूपमा यसको उत्पादन गर्ने योजना रहेको छ ।’

स्वास्थ्यका लागि औषधि

कालो धान आर्थिक दृष्टिकोणले मात्रै हैन स्वास्थ्यका दृष्टिकोणले पनि महत्वपूर्ण छ । बढी प्रोटिन प्राप्त हुने कालो धानको चामल स्वास्थ्यका लागि पनि निकै उपयोगी रहेको स्वास्थ्यकर्मीको भनाई छ । कालो धानका विशेषता ‘जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा रक्तअल्पता, मधुमेह, क्यान्सर, हृदयघात, उच्च रक्तचाप, मुटु रोग, अलजाइमर्स जलनबाट बच्न सकिने डा। विकास गौचनको भनाई छ ।

पकाउनु अघि दुई घन्टा भिजाएर मात्रै पकाउनु पर्ने र भिजाएको पानीलाई सर्वतको रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने बताइएको छ । गर्भवती महिला र शिशुलाई स्तनपान गराउने आमाहरूको लागि अत्यन्त लाभदायक हुने डा। गौचनले जानकारी दिए । यो चामल स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण भएका कारण यसको थप खोज तथा अनुसन्धान हुन आवश्यक रहेको डा। गौचनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर