नेपाल वायु सेवा निगमको जहाज अफगानिस्तानमा रहेका नेपालीलाई लिन भदौ १० मा काबुल जाँदै — OSNepal

नेपाल वायु सेवा निगमको जहाज अफगानिस्तानमा रहेका नेपालीलाई लिन भदौ १० मा काबुल जाँदै

LC (KTM) August 16, 2021 0

काठमाडौं-अफगानिस्तानमा रहेका नेपालीलाई लिन नेपाल वायु सेवा निगमको जहाज भदौ १० मा अफगानिस्तानको राजधानी काबुल जाने भएको छ । विभिन्न कम्पनीबाट लकडाउनअघि बिदामा घर आएर फर्कन नसकेकालाई पुर्याउन र फर्किन खोजिरेहका नेपालीका लागि वायु सेवा निगमले उडान गर्न लागेको बताइएको छ ।

‘यो चार्टर उडान दुबईको एउटा कम्पनीले गर्न लागेको निगमका एक निर्देशकले बताए । आइतबार निगमलाई चार्टरबापतको भाडा प्राप्त भइसकेको बताइएको छ । प्रतिघण्टा ७ हजार ७ सय १० अमेरिकी डलरका दरले चार्टर उडान हुने बताइएको छ ।उडानका लागि नेपालले भारत र पाकिस्तानको हवाई रुट प्रयोग गर्नुपर्ने भएकाले ओभरफ्लाइ अनुमति लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर