काठमाडौं ३ जेठ । कोभिड १९ कोरोना भाइरसको संक्रमण नेपालमा अझैं केही हप्ता त्रास पुर्ण रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संयमित भएर बस्न सबैलाई आग्रह गरेका छन् ।मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज एक सुचना जारी गर्दै अझै केहि हप्ता संक्रमण चुनौतिपूर्ण रहने भएकाले सबैले संयमित र सहयोग भई एकजुट भएर काम गर्न आग्रह गरिएको छ ।
उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस यसको कारण भएको सुचनामा उल्लेख गरिएको छ । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गरेका छन् । उनले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावमा ५९ प्रतिशत मात्र कमि पाइएको सुचनामा उल्लेख गरिएको छ ।
जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिएको सुचनामा उल्लेख गरिएको छ । कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सवैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सवैको सहयोग हुनुपर्नेछ ।