आज पनि देशका यि स्थानमा भारी वर्षाको सम्भाबना, सर्तक रहन महाशाखाको आग्रह — OSNepal

आज पनि देशका यि स्थानमा भारी वर्षाको सम्भाबना, सर्तक रहन महाशाखाको आग्रह

LC (KTM) August 16, 2021 0

काठमाडौँ– अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । मनसुनी वायु फेरि सक्रिय भएपछि वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिनसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसोस् देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै राती पनि । प्रदेश नं १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर