साउथ कलाकार नितिशको कोरोनाका कारण निधन — OSNepal

साउथ कलाकार नितिशको कोरोनाका कारण निधन

LC (KTM) May 17, 2021 0

काठमाडौं-कोरोना संक्रमणबाट साउथ कलाकार नितिशको मृत्यु भएको छ । साउथ कलाकार नीतीश वीराको कोरोना संक्रमणबाट सोमबार निधन भएको भारतिय मिडियाले जनाएका छन् ।४५ वर्षीय साउथ कलाकार नीतीशको सोमबार बिहान चेन्नईको ओमान्दुरर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

नीतीशले केही ठुला फिल्ममा पनि काम गरेका थिए । । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिए पनि बचाउन नसकिएको बताइएको छ ।उनले सुपरस्टार रजनीकान्तको काला, धनुषको असुरनमा शानदार काम गरेका छन् । वेनिला कवाडी कुझु, विजय सेतुपतिकी लाबम जस्ता ठुला र उत्कृष्ट फिल्ममा काम गरिसकेका छन् ।

नीतीशको मृत्यु भएपछि तमिल फिल्म उद्योगले आज शोक मनाइरहेको छ । यस अघि पनि भारतमा धेरै कलाकारले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । भने कोही उपचारत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर