काठमाडौं-आज पाँचौँ तथा अन्तिम सोमबार हिन्दू धर्माबलम्बी नारीहरुले भगवान् शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका कारण वर्त बसी भगवानको शिबको पुजा आरभाना गरी मनाउदैछन् । कोरोनाका कारण शिवमन्दिरमा जान नपाए पनि घर-घरमै पूजाआजा गरिँ मनाइदैछ ।
साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् । त्यस्तै आज पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ । कोरोना कारण आज पनि पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएको हो ।