नेपाल बैंकको चेक चोरी गरी फरार रहेका राजु र छिरिङ काठमाडौबाट फिल्मी शैलिमा समातिए — OSNepal

नेपाल बैंकको चेक चोरी गरी फरार रहेका राजु र छिरिङ काठमाडौबाट फिल्मी शैलिमा समातिए

LC (KTM) August 15, 2021 0

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आकृति हार्डवेयरमा नगदसहित चोरी गरेको आरोपमा फरार दुई अभियुक्तलाई प्रहरीले १५ दिनपछि पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ पेप्सिकोला बस्ने पवित्रा भुसालले सानोठिमीमा सञ्चालन गरेको हार्डवेयर पसलबाट यही साउन १५ गते रु एक लाख नगद र रु ३५ हजारकोे नेपाल बैंकको चेक चोरी गरी फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी वृत्त ठिमीले आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा मोरङ विरेन्द्रनगर नपा‐ ३ घर भई हाल काठमाडौँ कपन बस्ने ५१ वर्षीय राजु तामाङ र सिन्धुपाल्चोक भोटेकोशी नपा‐ ६ घर भई हाल काठमाडाँै कपन मै बस्ने ४२ वर्षीय छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर