२१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश — OSNepal

२१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

LC (KTM) August 15, 2021 0

काठमाडौं ३१ साउन । २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन सर्वोच्च अदालत आदेश दिएको छ ।

आज आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न भनेको छ ।

गएको साउन १ गतेबाट नै पुर्ण रुपमा ४० माइक्रोन भन्दा पातलो प्लास्टिकका झोला प्रतिबन्ध लगाउने भनिएतापनि प्रभावकारी रुपमा कार्यान्वयन नभएपछि अबको १० दिनभित्र सम्बन्धित निकायले गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारीको कार्ययोजना बनाउन भन्दै बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘यो आदेश प्राप्त भएको मितिले २१ औं दिनबाट प्लास्टिकका झोला (४) माइक्रोनभन्दा पातलो)को उत्पादन, आयात र प्रयोगमा पूर्ण रोक लगाउनेसम्बन्धी आज २०७८/ ७९ को बजेट वक्तव्यको बुँदा नम्बर १६) को उल्लेखित प्रावधान देशभर लागू गर्ने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर