काठमाडौँ ३१ साउन । तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने जनाएका छन् ।
काबुल प्रवेश गरेसँगै तालिबानले एक विज्ञप्ती मार्पmत आफ्ना लडाकुहरु काबुलको गेटमा नै रोकेको जानकारी गराएपछि गृहमन्त्री मिर्जाक्जवालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
काबुल शहरमा कुनै आक्रमण नहुने भन्दै आफगानी जनताले कुनै चिन्ता लिन नपर्ने गृहमन्त्री मिर्जाक्जवालले बताएका छन् । संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण हुनेछ उनल भनेका छन् ।
यता विज्ञप्ती मार्फत तालिबानले पनि आफुले काकु शहरलाई चारैतिरबाट घेरेको भएपनि युद्ध नचाहेको बताएको छ । अहिले तालिबान र सरकारी अधिकारीहरुबीच अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।