दक्षिण कोरियामा केही नेताहरुले बिद्यमान कानुनमा संशोधनको माग गरिरहेका छन् । ती नेताहरुको माग यो छ कि कानुनमा संशोधन गर्दै सीमेन टेररिज्म अर्थात बीर्य आतंकबाद एक गंभीर सेक्स क्राइम मानिने गरिएको छ । पछिल्लो केही बर्षमा दक्षिण कोरियामा यस्ता केही मामला अगाडी आएको छ कि जब महिलालाई लाजमर्दाे बनाउनका लागि केही पुरुषहरुले बीर्यको प्रयोग गर्ने गरेका छन् ।
सन् २०१९ मा एक ब्यक्तिले एक महिलाको जुत्तामा बीर्य छर्केर खराब गरिदिएका थिए । अदालतले ती ब्यक्तिलाई ४३५ डलर जरिवाना गरेको थियो । यस घटनाका बिषयमा पुलिसले प्रोपर्टी ड्यामेजको धारा लगाएको थियो । यस केसमा यौन अपराधको आरोप लागु गनएको लागि कोही कानुनी प्रावधान नरहेको बताइएको छ ।
यस्तै अर्काे एक केसमा एक ब्यक्ति लाई ३ बर्षको सजाय सुनाइएको थियो किनकी ती ब्यक्तिले एक महिलालाई सेक्सुअल इच्छा बढाउनका लागि दबाईका साथमा बीर्य लगाई दिएका थिए । ती ब्यक्ति महिलालाई एकदमै मन पराउने गरेका थिए । तर ती महिलाले भने उनलाई मन पराउदिन थिईनन् । यसैकारण ती महिलालाई बदला लिने उदेश्यले यस्तो कोशीश गरेका थिए ।
यस हर्कतका कारण यस केसलाई सेक्स क्राइमको रुपमा देखिएको थिएन किनकी महिला संग कुनै जबरजस्ती गरिएको थिएन बरु उनीहरुलाई लाजमर्दाे बनाउनका लागि यो सबै गरिएको थियो । यस घटना पछि कोरियामा यसलाई बीर्य आतंकको रुपमा मान्न थालिएको हो । त्यस्तै सन् २०२१ मा एक सर्भे अनुसार पछिल्लो ६ महिनामा ६ पटक आफ्नो महिला सहकर्मीको कफी ग्लासमा बीर्य हालि दिएका थिए ।