काठमाडौँमा झोलामा बोकेर लखर लखर बेच्न हिँडिरहेका कान्छा र धनबहादुर सालकको खपटासहित समातिए — OSNepal

काठमाडौँमा झोलामा बोकेर लखर लखर बेच्न हिँडिरहेका कान्छा र धनबहादुर सालकको खपटासहित समातिए

LC (KTM) August 15, 2021 0

काठमाडौँमा झोलामा बोकेर लखर लखर बेच्न हिँडिरहेका कान्छा र धनबहादुर सालकको खपटासहित समातिए
नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले एक किलोग्राम ५०० ग्राम सालकको खपटासहित मकवानपुर बकैया गाउँपालिका–२ का ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँकै ४० वर्षीय धनबहादुर योञ्जनलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले सालकको खपटा झोलामा बोकेर बेचबिखन गर्न हिँडिरहेको अवस्थामा बालाजुबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर