२ वर्ष लगाएर हेलिकप्टर बनाएका युवकले पत्रकार सम्मेलन गरेर हेलिकप्टर उडाउन खोजे लगत्तै मृत्यु — OSNepal

२ वर्ष लगाएर हेलिकप्टर बनाएका युवकले पत्रकार सम्मेलन गरेर हेलिकप्टर उडाउन खोजे लगत्तै मृत्यु

LC (KTM) August 15, 2021 0

काठमाडौँ । आफैले बनाएको हेलिकप्टर उडाउन खोज्दा युवकको मृत्यु भएको छ । खबर हो भारतको । भारतको महाराष्ट्रको यवतमाल जिल्लामा इस्माइल शेख इब्राहिमले आफूले बनाएको हेलिकप्टरमा उड्न खोज्दा या विपत आइपरेको हो । कक्षा ८ को पढाइपछि स्कूल छोडेका युवाले हेलिकप्टर बनाएर त्यसलाई उडानका लागि पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

विगत २ बर्ष देखि हेलिकप्टर बनाउने काममा जुटेका इस्माइल शेख इब्राहिमले आफ्नो कला पत्रकारलाई देखाउन पाएनन् । कारण हो उनी हेलिकप्टरमा उड्न खोज्दै गर्दा अचानक ब्ले ड भित्र बसेका इस्माइलको घाँटीमा पुग्यो । उनको घाँटि चि रि एसँग निधन भयो । हेलिकप्टर उडाएर गाउँमा स्वास्थ्य सेवा पाउन नसकेकाहरुलाई सहयोग गर्ने सपना पुरा गर्न त पाएनन् नै उनी आफै पनि अस्ताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यवतमालको फुलसावागी गाउँ निवासी इस्माइल शेख इब्राहिम यस हेलिकप्टरको माध्यमबाट आफ्नो सपनाहरु पुरा गर्न चाहन्थे। अगस्त १५ मा, उनी आफ्नो हेलिकप्टर गाउँलेहरुको सामु उडाउन चाहन्थे तर उनी किशोर अवस्थामा नै अस्ताए । हेर्नुहोस् यो भाइरल भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर