कोरोना महामारी नियन्त्रणका लागि पल र पुष्पलपछि सन्दीप पनि लागे, गरे यति मोटो रकम सहयोग — OSNepal

कोरोना महामारी नियन्त्रणका लागि पल र पुष्पलपछि सन्दीप पनि लागे, गरे यति मोटो रकम सहयोग

LC (KTM) May 17, 2021 0

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सिंगो राज्य लागिरहेको छ । तर तिब्र गतिमा फैलिइरहेको महामारीमा सामाजिक अभियन्ता, खेलाडी, कलाकारहरुको सर्मथन जारी छ । जसमध्ये पछिल्ला दिनमा थपिएका छन् राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने । लामिछानेले सोमबार ‘टिम सन्दीप’को नामबाट अभियान सुरु गर्दै नगद ३ लाख रुपैयाँ जम्मा गरेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने संख्या तीव्र गतिमा बढीरहेका बेला सन्दिपले आँफु पनि अभियानमा सामेल भएको जनाएका छन् । सन्दीपले एकजुट भई आपसी सद्भाव र सहकार्यबाट कोरोना महामारी नियन्त्रण गर्न सकिने उल्लेख गरेका छन् । उनले ‘हाम्रो एकता, दृढ आत्मबल, सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यले कोरोना विरुद्धको यो लडाइँ पक्कै पनि जित्न सक्छौँ भन्दै कोरोना विरुद्ध आँफु र आफ्नो टिम लागिपरेको बताएका छन् ।

उनले जम्मा भएको रकमबाट कोभिड सङ्क्रमण रोकथाम ,नियन्त्रण एवम् सङ्क्रमितको उपचारका निम्ति उपलब्ध गराउने र आँफु पूर्ण रुपमा यो अभियानमा लागि पर्ने बताएका छन् । यसअघि अभिनेता पल शाह र उनको संस्था टिम नेपालले देशभरका अस्पतालमा अक्सिजन वितरणको काम सुरु गरेको थियो । त्यस्तै नायक पल शाहले पनि सुदुरपश्चिमका लागि आज सोमबार मात्रै ५० थान अक्सिजन सिलिण्डर वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर