पोखरा ३१ साउन । माओवादी केन्द्रले गण्डकी प्रदेशमा आफ्नो दलको नेतृत्व हुनुपर्ने भन्दै मुख्यमन्त्रीको लागी दाव गरेको छ ।
लुम्बिनी प्रदेशमा जस्तो आलोपालो सरकार चलाउन पाउनुपर्ने भन्दै माओवादीले प्रदशेको मुख्यमन्त्रीको लागि दावी गर्दै आएको छ ।
आज भएको दलको केन्द्रिय कमिटिको बैठकमा गण्डकी प्रदेशका तर्फबाट बैठकमा सहभागी भएका माओवादी नेता हितराज पाण्डेले लुम्बिनीमा जस्तो गण्डकी प्रदेशमा पनि आलोपालो सरकार चलाउन पाउनुपर्ने भन्दै माग राखेका थिए ।