काठमाडौं ३१ साउन । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तले वरिष्ठ नेता माधव नेपालले आँट नगरेको भए प्रतिगमन सच्याउन नसकिने बताएका छन् । हिजो टेलिभिजनको एक कार्यक्रममा नेता पुनले यस्तो खुलासा गरेका हुन् ।
आउँदो चुनावसँग गठवन्धन सरकारमा सहकार्य गर्ने बताएका पुनले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रवृत्ति, सोच र विचार देशको हितमा नरहेको समेत दावी गरेका छन् । अहिले ओली प्रवृत्तिलाई कमजोर बनाएरमात्रै देशमा राजनीतिक स्थायित्व कायम गर्न सकिने बताएका पुनले अहिलेको अवस्थामा आफुहरुले कांग्रेस र जसपासँग सहयात्रा गरिरहेको बताएका छन् ।
नेता नेपाल आफ्नो सहयात्री भएको भन्दै उनले अघि भने,’माधवजी त हाम्रो सहयात्री हो । लोकतन्त्र बचाउने कुरामा माधव नेपाल त सहयात्री हो नि ।’
यदि नेपालले देउवाको साथ छोडे भने देउवा सरकार अल्पमतमा पर्ने समेत खुलासा गरेका छन् । नेपालको कारण देउवा प्रधानमन्त्री भएको र प्रतिगमन सच्चिएको समेत बताएका छन् ।