काठमाडौं ३१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र भारतीय जनतालाई बधाई तथा शुभकामना दिएका छन् ।
आज सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री देउवाले शुभकामना दिएका हुन् । शुभकामना सन्देशमा देउवाले भारतको निरन्तर प्रगति र समृद्धिको पनि कामना गरेका छन् ।
भारतले आज आफ्नो ७५औं स्वतन्त्रता दिवस मनाइरहेको छ ।