काठमाडौँ ३१ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको छ ।
आज आइतबार बिहान बसेको पार्टीको स्थायी कमिटी बैठकको विषयमा छलफल हुने सार्थ हिजो शनिबार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत् गरेका राजनीतिक दस्तावेजमाथि पनि समुहगत निष्कर्ष निकालिने जनाइएको छ ।
उक्त प्रतिवेदनमा चुनावसम्म वाम गठवन्धन कायम राख्नु पर्ने उल्लेख गरिएको छ । त्यसै गरी
पार्टीको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म गर्ने प्रस्ताव उक्त दस्तावेजमा उल्लेख गरिएको छ ।