छिमेकी राष्ट्र भारतसँग विश्वासमा आधारित सन्तुलित सम्बन्ध कायम सक्नुपर्छ : प्रकाशशरण महत — OSNepal

छिमेकी राष्ट्र भारतसँग विश्वासमा आधारित सन्तुलित सम्बन्ध कायम सक्नुपर्छ : प्रकाशशरण महत

LC (KTM) August 15, 2021 0

काठमाडौं साउन ३१ । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले छिमेकी राष्ट्र भारतसँग विश्वासमा आधारित सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् ।

भारतीय स्वतन्त्रता दिवसका अवसरमा आज एक कार्यक्रममा बोल्दै नेता महतले भारत विश्व मानचित्रमा अत्यन्त र विविधताले भरिएको देश हो । भारत हाम्रो छिमेकी मात्र होइन । हाम्रो खुला सिमाना भएकाले पनि सामाजिक, आर्थिक, राजनीतिक धार्मिकलगायत बहुआयामिक सबन्धको कारण बेलाबखत समस्या पनि आउनेको गरेको बताएका छन् ।

भारतीय स्वतन्त्रता दिवसका अवसरमा महतले भारतिय सरकार र जनतालाई शुभकामना दिँदै कार्यक्रममा अघि भने , ‘हामीले निजी स्वार्थभन्दा देशको आवश्यकतालाई अघि बढाउनुपर्छ । अपरिपक्व ढंगले कहिले कुन देशसँग, अहिले कुन देशमा ढल्किने गर्दा आशंका हुन्छन् । देशलाई समस्या पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर