दुखद खबर, कर्णालीमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा एकै घरका १० वर्षीय बालकसहित तीन जनाको मृत्यु — OSNepal

दुखद खबर, कर्णालीमा अविरल वर्षापछि आएको बाढीले बगाउँदा एकै घरका १० वर्षीय बालकसहित तीन जनाको मृत्यु

LC (KTM) August 15, 2021 0

कर्णाली- अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

सोही वडाको पाटनमा सेतक चिनी जडिबुटी कोरेर घर फर्कने क्रममा बिहीबार बेलुका दुनेखोलामा आएको बाढीले बगाएर उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर