आज भीषण वर्षाको सम्भावना — OSNepal

आज भीषण वर्षाको सम्भावना

LC (KTM) August 15, 2021 0

काठमाडौं-आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान विभागका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू(भाग नजिक रहेकाले आइतबार बिहान देशको अधिकांश स्थानमा मौसम बदली रहेको छ । दिउँसो पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर