साउथह्याम्पटनलाई स्तब्ध बनाउँदै एभर्टनको इंग्लिस प्रिमियर लिग फुटबलमा बिजयी सुरुवात — OSNepal

साउथह्याम्पटनलाई स्तब्ध बनाउँदै एभर्टनको इंग्लिस प्रिमियर लिग फुटबलमा बिजयी सुरुवात

LC (KTM) August 14, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा आज भएको खेलमा एभर्टनले विजयी सुरुवात गरेको छ । उसले साउथह्याम्पटनलाई तीन एक गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो । साउथह्याम्पटनको अग्रतालाई उल्टाउँदै एभर्टनले आफ्नो यात्रालाई सुखद बनाएको हो ।

एभर्टनलाई जित दिलाउन रिचार्लीसन, अब्दुलाए डुकुरे र डोमिनिक काल्भर्ट लेविनले एक एक गोल गरे । साउथह्याम्पटनका एडम आर्मस्ट्रोङले सूरुवाती चरणमै गोल गरे पनि टिमलाई जित दिलाउन भने सकेनन् । यो जित संग आफ्नो अंकतालिकाको खातामा ३ अंक जोड्न सफल भएको छ एभर्टन ।

चेल्सीको सुखद सुरुवात, क्रिस्टल तीन शुन्यले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले हार बाट खेलको सुरुवात गरेको छ । आज भएको खेलमा चेल्सी संग नमज्जाले पराजित भयो क्रिस्टल । उता चेल्सीले भने सिजनको पहिलो खेलमै सुखद सूरुवात गरेको छ । आज भएको खेलमा क्रिस्टल प्यालेसलाई तीन शुन्य गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनमा बिजयी सुरुवात गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र त्रिभो चालोबाहले महत्वपुर्ण एक एक गोलको योगदान दिए । यो जितसँगै चेल्सीले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक बटुल्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर