प्रधानमन्त्री देउवा संग पुर्व कप्तान पारसको भेट, के अब राजनीतिमा आउन लागेका हुन त पारस ? — OSNepal

प्रधानमन्त्री देउवा संग पुर्व कप्तान पारसको भेट, के अब राजनीतिमा आउन लागेका हुन त पारस ?

LC (KTM) August 14, 2021 0

नेपाली क्रिकेटका पुर्व कप्तान पारस खड्काले अन्र्तराष्ट्रिय खेल बाट सन्यास लिए लगत्तै आफु क्रिकेटको बिकासमा फरक भुमीकामा देखिन चाहेको बताए थिए । उनी नेपाली क्रिकेट लाई जता बाट छिटो बढाउन सकिन्छ त्यहि बाटो समात्ने योजनामा रहेका छन् ।

यसै अवसर लाई खोजीरहेका पारसले आज प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटबार्ता गरेका छन् । पारसले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको दुई सातापछि पारसले प्रधानमन्त्रीसँग गरेको भेट लाई महत्वपुर्ण रुपमा लिइएको छ ।

भित्री कुरा के भएको भन्ने नआए पनि पारसले प्रधानमन्त्रीसँग क्रिकेट विकासको बारेमा छलफल भएको जनाएका छन् । प्रधानमन्त्रीले क्रिकेट विकासमा सहयोग गर्ने आश्वासन दिएको समेत पारसले बताएका छन् । प्रधानमन्त्री देउवाले पारसलाई नेपाल र नेपालीको शिर उँचो बनाउन क्रिकेट जिवनको दोस्रो इनिङमा पनि सफलताको शुभकामना दिएका छन्।

यो भेटलाई अवसरको खोजी र क्रिकेटका लागि केही नयाँ संकेत भने अवश्य मिलेको छ । यो भेटलाई कतिपयले राजनीतिमा आउने पारसको संकेत त हैन भन्ने अनुमान पनि लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर