पत्नि बसेको कोठामा नै पतिले अर्की युवती लिएर आएपछि ... — OSNepal

पत्नि बसेको कोठामा नै पतिले अर्की युवती लिएर आएपछि …

LC (KTM) August 14, 2021 0

काठमाडौ । १५ वर्षकै उमेरमा विवाह गरेकी थिइन् व्रितिना वलीले । उनले १६ वर्षकै उमेरमा बच्चा जन्माइन् । त्यतीबेला उनीहरु रोजगारीका लागि भारतमा बस्थे । भारतमा १५ महिना बस्दा उनको छोरा जन्मियो ।

काखमा सानो छोरा थियो तर उनका श्रीमानले आफ्नै गाउँको भाउजु नाता पर्ने महिलालाई दोस्रो श्रीमती बनाएर लिएर गए । श्रीमानले आफु बसेकै कोठामा अर्की महिला लिएर आएपछि ब्रितिनालाई सहि नसक्नु भयो । उनी संगै बस्न सकिनन् ।

छोरा ३ महिनाको हुँदा भाउजुलाई लिएर आएका श्रीमान एउटै कोठामा ९ दिन बसे । पछि उनकै दाई पर्नेले उनलाई फिर्ता लिएर गए । श्रीमानले दिएको यस्तो पी डाका कारण उनी अस्वस्थ्य भईन् । अस्पतालमा उपचारका लागि भर्ना गरिएकी थिइन् । त्यही बेलामा श्रीमानको फोन आयो । उनले श्रीमतीलाई खुसीको कुरा सुन मैले अर्को विवाह गरेँ । मलाई हेर्नेले भनेको छ कि तँ म रे पछि कि मैले अर्को विवाह गरेपछि खुसी हुन्छस् भनेका कारण मैले विवाह गरेँ ।

उनका छोरा अहिले ४ वर्षका भए । भाउजु लिएर आएका उनका श्रीमान अहिले सम्पर्क विहिन् छन् । आफ्नो पेट पाल्नकै लागि छोरालाई घरमा छोडेर उनी काठमाडौको कालिमाटिमा सानो काम गरेर बस्छिन् । उनका श्रीमान भारतमै कतै लुकेर बसेका छन् ।

व्रितिना वली आफ्नो छोराको अधिकारको लागि श्रीमानको खोजी गरेको बताउँछिन् । श्रीमानले आफुलाई नहेरे पनि छोराको अधिकार दिन आग्रह गर्छिन । म संग खुसी छैनन् भने ठिकै छ, तर छोरालाई भने अधिकार चाहिन्छ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर