राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्छ - राणा — OSNepal

राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्छ – राणा

LC (KTM) August 14, 2021 0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका छन् ।‘एकीकृत भएको राप्रपाले समयको माग अनुरुप, हाम्रो सामुन्नेमा जुन मौका आएको छ, त्यो मौका छोपेर वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछ, पार्टी स्थापना कालको उद्देश्य पूरा गर्नेछ,’ अध्यक्ष राणाले शनिबार भने ।विच समयमा आन्तरिक विवादका कारण सो उद्देश्य पूरा गर्न नसके पनि, एक ढिक्का राप्रपाले अब त्यो उद्देश्य पूरा गर्ने उनले विश्वास व्यक्त गरे ।

काठमाडौं जिल्ला, क्षेत्र नं ५ को कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राणाले,महाधिवेशनको क्रममा सबै तह र तप्काका संगठनहरु निर्माण गर्न सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

‘पार्टी एकता पछिको महाधिवेशनलाई संगठन निर्माण गर्ने अवसरको रुपमा लिनु पर्दछ । महाधिवेशनको बलमा निर्माण भएको सांगठानिक संरचनाबाट हामीले स्थानीय निकायको निर्वाचनमा सफलता हासिल गर्ने हाँकलाई साकार तुल्याउनु छ,’ राणाले भने ।

त्यसैले संगठन निर्माण गर्न र जनतामाझ जान कुनै कसर बाँकि राख्न नहुने उनको भनाइ थियो ।सो अवसरमा विभिन्न दल परित्याग गरी ६५ जनाले राप्रपामा प्रवेश गरेका थिए ।

करिव दुइतिहाई बहुमत प्राप्त कम्युनिष्टहरुको सरकारले जनादेशको दुरुपयोग गर्दै देशलाई तहस नहस बनायो, अध्यक्ष राणाले भने ।

अहिले आएर नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले पनि कुने आशा संचार गर्न सकेको छैन, उनले भने ।एक महिना वितिसक्दा पनि सरकार विस्तार नसकि, पाँच जना मन्त्रीको भरमा सत्ता संचालन गरेर गैरजिम्मेवारी प्रदर्शन गरेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर