पार्टी एकताको लागि अन्तिम पखाईमा छौँ : माधव नेपाल — OSNepal

पार्टी एकताको लागि अन्तिम पखाईमा छौँ : माधव नेपाल

LC (KTM) August 14, 2021 0

काठमाडौँ ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका सम्पुर्ण ढोका बन्द भएपनि एकताको जिम्मेवारीबाट पछाडी नहट्ने बताएका छन् ।

आज शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले अझै पनि आफुहरु पार्टी एकताको लागि अन्तिम पखाईमा रहेको बताएका हुन् ।

पार्टी एकताको आफ्नो इच्छा र चाहाना भएकाले एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट आफुहरु पछि नहट्ने कार्यक्रममा नेता नेपालले बताएका छन् ।

यदि अध्यक्ष केपी ओलीले गरेको गल्ती फिर्ता लिए एकता हुने बताएका नेपालले भने, ‘अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाईमा रहेका छौं ।’

एकताको लागि अन्तिम पखाईमा भएकाले सरकारमा जना नसक्ने पनि नेपालले बताएका छन् । संविधानको र लोकतन्त्रको रक्षा लागि आफुहरुले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिएको समेत खुलासा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर