प्रदेश १ मा आज ६९२ जनामा कोरोना संक्रमण , लेटाङमा मात्रै ५० आज जना थपिए — OSNepal

प्रदेश १ मा आज ६९२ जनामा कोरोना संक्रमण , लेटाङमा मात्रै ५० आज जना थपिए

LC (KTM) August 14, 2021 0

प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण भएको छ । ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, संखुवासभा र भोजपुरमा १–१ जनामा संक्रमण देखिएको छ ।

मोरङको लेटाङमा ५०, विराटनगरमा २०, पथरीशनिश्चरेमा १६, केराबारीमा १३, बेलबारीमा ५, सुनबर्षी, बुढीगंगा, उर्लाबारीमा १–१, सुनसरीको धरानमा २६, इटहरीमा १३, इनरुवामा २, बराहक्षेत्रमा १ जनामा संक्रमण भएको छ ।

झापाको दमकमा १५, भद्रपुरमा १०, मेचीनगरमा ४, गौरादह र विर्तामोडमा ३–३, कमल गाउँपालिकामा २ र शिवसताक्षीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा ५, चौवीसे, शहिदभूमीमा १–१, इलामको सुर्योदयमा ४, इलाम नगरपालिकामा ३, चुलाचुलीमा २ जनामा संक्रमण देखिएको छ ।

उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, संखुवासभा र भोजपुरको साल्पासिलिछोमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ६४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ३०७ महिला र ३३८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर