फरक शैलीमा यी मन्त्रीले मनाईन् आफ्नो जन्म दिन मानव सेवा आश्रममा — OSNepal

फरक शैलीमा यी मन्त्रीले मनाईन् आफ्नो जन्म दिन मानव सेवा आश्रममा

LC (KTM) August 14, 2021 0

जन्म दिन सबैले आ आफ्नै तरिकाले मनाउने गरेका छन् । कसैले साथी भाई संग, परिवार संग बसेर रमाइलो गरेर मनाउँछन् त कसैले दीन दृुःखीहरु लाई सहयोग गरेर आफ्नो जन्म दिन मनाउने गरेका छन् । तर प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो जन्मदिन बिशेष तरिकाले मनाएकी छिन् ।

उनले विराटनगर–१० को मानव सेवा आश्रममा आफ्नो जन्म दिन मनाएकी हुन् । आश्रममा आश्रित ८५ जनासँग बसेर उनले आफ्नो जन्मदिन मनाइन् । मन्त्री राईले आश्रममा रहेकाहरुलाई शुक्रबार साँझको खाना खुवाएकी थिईन् । मानव सेवा आश्रममा प्रदेश १ का विभिन्न जिल्लाहरुबाट उद्धार गरिएका सहयोगापेक्षी तथा सडक आश्रितहरु रहेका छन् ।

मन्त्री राईले प्रदेश १ सरकारले सडकआश्रित मानवमुक्त प्रदेश बनाउने अभियानमा रहेको बताइन् । उनले प्रदेश सरकारले मानव सेवा आश्रमसँगको सहकार्यमा विराटनगरमा सहयोगापेक्षी तथा सडक आश्रितहरुका लागि भवन पनि निर्माण भईरहेको जानकारी दिईन् ।

मानव सेवा आश्रममा आयोजित कार्यक्रममा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगाल, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष पर्शुराम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक पुनम दाहालले मानव सेवा आश्रमले अहिलेसम्म गरेका कामका बारेमा मन्त्री राईलाई जानकारी गराउनु भएको थियो । यसअघि मन्त्री राईको पहलमा मानव सेवा आश्रममा रहेकाहरुलाई कोभिड १९ विरुद्धको खोप लगाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर